१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

काठेखोलाको ‘नमूना बस्ती’ मा समस्याका चाङ

काठेखोलाको ‘नमूना बस्ती’ मा समस्याका चाङ
अ अ+ अ-

बलेवा । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते ।

विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ । उहाँ मात्र होइन  बागलुङ काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समयपछि गत वर्ष आफ्नै घर पाएका हुन् ।

काठेखोला–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’ मा धनपाया, रुपा दर्जीलगायतका परिवार मिलेर बसेका छन् । दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठे घर जोडेर बनाइएका छन् । नमूना बस्तीको जग्गा र घरको एकमुष्ट लालपुर्जा छ ।

लामो समय आफ्नो घर छोडेर बसेको समुदायले घर त पाए तर भर भने अझै पाएका छैनन् । पुर्खौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले बगाएको छ । नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् ।

“न खेती गरेर खाने जमिन छ, न पशु पाल्न गोठ”, धनमाया दर्जीले भन्नुभयो, “तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन ।” मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ । घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जी बताउनुहुन्छ । बस्तीका दशवटै परियारमा यो समस्या छ ।

ठूलो परिवार भएकालाई नमूना बस्तीमा बनेका घर अपर्याप्त छन् । दुईकोठे घरमा परिवार अटाउनै कठिन हुने स्थानीय रुपा दर्जीले बताउनुभयो । पाहुना आउँदा राख्ने ठाउँको त कुरै नगरौँ । एउटा कोठामा भन्छा र अर्कोमा खाँदीएर बस्नुपरेको पीडा उनीहरुसँग छ । बालबालिका खेल्ने ठाउँको अभाव छ । पीडितले सरकारसँग रोजगारको माग गरेका छन् ।

नमूना बस्तीमा खानेपानीको अभाव छ । वर्षा यामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन । बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल पनि हालसम्म बनेको छैन् । “कोरोना महामारी अघि रु ४० लाखको योजना थियो, नाली, पानी, भवन तथा बाटोका लागि, तर कामै नभई सकियो”, उपभोक्ता समितिको अध्यक्ष समेत बन्नुभएकी धनमायाले भन्नुभयो, “रु आठ लाखको काम गरेर नाली बनाइयो, बाँकी काम गर्न सकिएन, कोरोनापछि बजेट आएन ।”

सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उहाँको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने धनमायाको भनाइ छ । “ठूलो घर त हामीले मागेकै छैनौँ, सके बनाउँला नसके भएकाले काम चलाउँला”, उहाँ भन्नुहुन्छ, “कम्तीमा तरकारी रोपेर खाने जमिन मात्रै भए पनि बिहान बेलुका खान पुग्थ्यो ।”

गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको उल्लेख गर्दै समस्या केही समयमै समाधान हुने बताउनुभयो । उहाँले बस्तीसम्म सडक पुर्‍याउने प्रयास थालेको बताउनुभयो ।

देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुन:निर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भए पनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन् । स्थानीयले घरको लालपुर्जा आफूसँग नभएको पीडा सुनाए । रासस