२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

गए राती वडा १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रीकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । जरिवाना तिराएर आज गाडीलाई फोहोरलाई जथाभावी नफाल्ने सर्त राखेर छोडिएको छ ।

महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘पुतली सडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेको छ । दुर्घटनाको खतरा बढाएको छ । तार काटेर अनधिकृत फोहोर फाल्नेलाई चेतावनी दिएका छौँ । कारवाही गर्छौँ ।’