२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !



अ+ अ-

काठमाडौं । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन।

जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए। मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्किएको थियो।

मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वागतको ठूलो तयारी गरिएको थियो। जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुरसम्म पुगेका थिए। सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पु¥याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए।

कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो। एकातिर स्वागत तथा बधाईको उल्लास चलिरहेको समयमा अर्कोतिर मन्त्री पद गुमेपछि मन्त्री झालाई अप्ठ्यारो अनुभव भएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।