१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छः उपप्रधानमन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले भन्नुभयो, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”

मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको धारणा व्यक्त गर्नुभयो । यीनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराउनुभयो । सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उहाँले बताउनुभयो ।

यस्तो छ नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी
नेपाली कांग्रेसका उपसभापति खड्का पिता प्रेमबहादुर र माता मायादेवीको कोखबाट विसं २०१२ फागुन १७ गते जन्मनुभएको हो । वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत स्थायी ठेगाना भएका उहाँ हाल बूढानीलकण्ठ नगरपालिका–७, गल्फुटार, काठमाडौँ बस्दै आउनुभएको छ । उहाँको राजनीतिक यात्रा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ नेपाल विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विसं २०३६–२०४१ सम्म सभापति हुनुभएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति (विसं २०४४–२०४८) मा हुनभएका उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६०–२०६४), नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६४ देखि असोज ६, २०७०) हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसको सहमहामन्त्री (असोज ७, २०७०), महामन्त्री (वैशाख २१, २०७५) र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा (पुस १, २०७८) निर्वाचित हुनभएको थियो ।

उपप्रधानमन्त्री खड्का लोकतन्त्र बहालीका लागि नेपाली कांग्रेस र भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घद्वारा सञ्चालित विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गिरप्तार हुनुभएको थियो । उहाँ विसं २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको पार्टी अभियानमा सहभागी हुँदा ३० दिन थुनामा, बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन व्यतित गर्नुका साथै शाही शासनकाल विसं २०६० मा ४० दिन घरमै नजरबन्द हुनुभएको थियो ।

उहाँ विसं २०५५ मा युवा, खेलकुद तथा संस्कृति र जनसङ्ख्या तथा वातावरणमन्त्री हुनुभएको थियो । उहाँले वाणिज्य, सूचना तथा सञ्चार र उद्योग, गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, केन्या, लग्जमबर्ग, नेदरल्यान्ड्स, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिका, युएई र कुवेतलगायत मुलुकको भ्रमण गरिसक्नुभएको छ । रासस