३० असार २०८२, सोमबार
,
Latest
जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस् स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेका छौंः मन्त्री दाहाल नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ नवगठित मन्त्रिपरिषद्- फोटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसक्दा प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ ।

नवगठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ । यस्तै, कृषि तथा पशपंक्षी विकासमन्त्रीमा डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोककुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारीले जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदीले जिम्मेवारी पाउनुभएको छ । सञ्चारमन्त्री शर्मा, पर्यटनममन्त्री किराती र सङ्घीय मामिलामन्त्री मोदी यसअघि नै मन्त्री बन्नुभएको हो ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल, शहरी विकासमन्त्रीमा सीता गुरुङले जिम्मेवारी पाउनुभएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुशिला सिर्पाली ठकुरी हुनुहुन्छ ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजे मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।रासस