१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शर्मालाई दोस्रोपटक विश्वासको मत



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको नवौँ बैठकमा मुख्यमन्त्री शर्माले बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षीमा १ मत परेको छ । १ सांसद अनुपस्थित थिए ।

उनी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहित २५ जना सांसदले समर्थन गरेका थिए ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुन: विश्वासको मत लिएका हुन् ।