२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराध नियन्त्रणमा उदारता अपनाउने छुट कसैलाई छैन: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । नवनियुक्त  गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयको कार्यभार सम्हाल्दै श्रेष्ठले पावर र पहुँच भएकाहरु सहजै प्रहरी हाकिम कहाँ पुग्ने, तर सार्वसधारणले आफ्ना कुरा राख्नै नसक्ने स्थिति अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘कुनै समस्या भए समाधान गरौंला, तर जनताको सेवा, गरिव र निमुखालाई प्राथमिकता होस् ।’

गृहमन्त्री श्रेष्ठले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको बताए । उनले कुनै पनि कोणबाट भ्रष्टाचार सहन नगरिने बताए ।

उनले पद जिम्मेवारी पालना गरी यसको दुरुपयोग नगर्न तथा समानता र मानवियताका आधारमा सम्बन्धहरु राख्न निर्देशन समेत दिए ।