६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा रू. १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।

२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महीना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकोमा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीप्रतिको आकर्षण थप बढेको छ । ‘तथ्यांकले भने जस्तो त्यति ठूलो संख्यामा सवारी बढेको हो कि होइन भनेर हेर्नैपर्छ तर निजी सवारीको माग भने बढ्दै गएको छ,’ उनले भने, ‘बजेटपछि चारपांग्रे सवारीको माग पनि बढ्दो देखिएको छ ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।