२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.84

Wind: 2.06

Humidity: 38

Latest
विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री थापा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: कांग्रेसको ६ मन्त्रालयमा दाबी



अ+ अ-

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले ६ मन्त्रालय दाबी गरेको छ । कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा कांग्रेसले मात्रै ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।

नेकपा एमालेले सत्ता छाडेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए । एमाले र राप्रपाले सरकार छाडेपछि अहिले मुख्यमन्त्री जम्कट्टेलले ७ वटा मन्त्रालय सम्हालिरहेका छन् ।

बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१ र एकीकृत समाजवादीको ७ सीट रहेको छ । जसमध्ये कुल ११ मन्त्रालयमा कांग्रेसले आर्थिक मामिलासहित ६ वटा मन्त्रालय र नेकपा एसले ३ वटा मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता समीकरण अनुसार कांग्रेस र नेकपा एसले मात्रै नौँ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय भागबन्डामा समस्या परेको छ ।