२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन: सांसद दिलकुमारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनु भयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताउनु भयो ।

सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दु:ख पाइरहेको बताउनु भयो । उहाँले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको बताउनु भयो । अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दु:खका साथ भन्नुपर्छ, नेपालको स्वास्थ्य प्रणाली कस्तो छ ? आज बिरामीहरु एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र जीवन सक्नुपर्ने स्थिति देखिएको छ । हाम्रो स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा आज प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संघीयता, तीन तहका सरकारहरु यी उपलब्धीहरु साँच्चै नेपाली नागरिकले संविधानमा लेखिएको मौलिक हक प्राप्त गर्न सकेका छैनन् ।

तीन तहका सरकारहरुको बीचमा समन्वय नहुँदा, सहकार्य नहुँदा नागकिरले यो अवस्था व्यहोर्नुपरेको छ । नेपालको स्वास्थ्य प्रणालीमा थुप्रै सुधार गर्नुपर्ने आवश्यक्ता छ । संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न सकिरहेका छैनन् । बिरामीमैत्री बन्न सकिरहेका छैनन् । दीर्घकालीन रोगहरुका कारण नागरिकले दु:ख पाइरहेपनि तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन सकेको छैन ।’
सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनु भयो ।