५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन: सांसद दिलकुमारी

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन: सांसद दिलकुमारी
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनु भयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताउनु भयो ।

सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दु:ख पाइरहेको बताउनु भयो । उहाँले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको बताउनु भयो । अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दु:खका साथ भन्नुपर्छ, नेपालको स्वास्थ्य प्रणाली कस्तो छ ? आज बिरामीहरु एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र जीवन सक्नुपर्ने स्थिति देखिएको छ । हाम्रो स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा आज प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संघीयता, तीन तहका सरकारहरु यी उपलब्धीहरु साँच्चै नेपाली नागरिकले संविधानमा लेखिएको मौलिक हक प्राप्त गर्न सकेका छैनन् ।

तीन तहका सरकारहरुको बीचमा समन्वय नहुँदा, सहकार्य नहुँदा नागकिरले यो अवस्था व्यहोर्नुपरेको छ । नेपालको स्वास्थ्य प्रणालीमा थुप्रै सुधार गर्नुपर्ने आवश्यक्ता छ । संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न सकिरहेका छैनन् । बिरामीमैत्री बन्न सकिरहेका छैनन् । दीर्घकालीन रोगहरुका कारण नागरिकले दु:ख पाइरहेपनि तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन सकेको छैन ।’
सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनु भयो ।