५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा जन्माइसकेका महिलाले ध्यान दिनैपर्छ यी कुरा



अ+ अ-

काठमाडौं । प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याहरूबाट बचाएका हुन्छन् । ३५ वर्ष उमेर कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ ।

शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । तर ४५ देखि ५० वर्ष पार गरेका महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

यसरी हाडको घनत्व कम हुँदै गएर हुने रोगलाई अस्टिओपोरोसिस भन्छन् । हाडको यो रोग लागेको बेलामा प्रायः नाडी, हिप र मेरुदण्डका हाडहरू भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्याबाहेक यस रोगको कारणले शरीर पनि कुप्रो हुँदै जान्छ र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ।

नदेखिने गरी हाडको घनत्व कम हुँदै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकोले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज) भनेर पनि भनिन्छ । किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराएपछि मात्र यो रोग लागेको थाहा हुन्छ ।

चिकित्सा विज्ञानले निकालेको निष्कर्षअनुसार एस्ट्रोजेनबाहेक अन्य तत्वहरूले पनि यो रोग लाग्नुमा भूमिका खेल्छन्। मानिसको शरीरमा भएका हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन्। हाड बन्ने प्रक्रियामा क्याल्सिमय र भिटामिन डीको ठूलो भूमिका हुन्छ।

रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पुर्‍याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन्छ।

यदि तपाई शाकाहारी हुनुहुन्छ भने शरीरमा क्याल्सियमको मात्रा एक दिनमा ८०० मिलिग्राम चाहिन्छ। यदि मांसाहारी हुनुहुन्छ भने एक दिनमा १२०० मिलिग्राम क्याल्सियम चाहिन्छ।

मानिसको शरीरमा आन्तरिक प्रक्रियाका निम्ति पनि क्याल्सियम आवश्यक पर्छ। वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन(चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ।

मौन रोगबाट बच्न क्याल्सियमका साथै हामीले अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ। त्यो हो, भिटामिन ‘डी’। यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ। भिटामिन डी सूर्यको किरणमा पाइन्छ। भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्छ।

यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान सक्छ। सूर्यको किरणका अतिरिक्त भिटामिन डीका अरू स्रोत अन्डा र माछा पनि हुन्।

हाडको घनत्व कम भएर लाग्ने अस्टिओपोरोसिसका सम्बन्धमा युरोपेली र अमेरिकाली महिलाहरूमा थुप्रै अध्ययन र अनुसन्धानहरू भएका छन्।

त्यसैगरी छिमेकी मुलुक भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड भारतीय यस रोगबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ। त्यसमा ७० प्रतिशत महिला थिए ।

महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ। यसको प्रमुख कारण महिलाहरूको प्राकृतिक बनावट हो। महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ।

महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । तर जब महिनावारी सुक्ने समय नजिक आउँछ त्यसपछि शरीरमा हर्मोनहरू कम हुँदै जान्छन्। त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।

पुरुषहरूलाई उनीहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यस रोगबाट बचाउन मद्दत गर्छ। तर ५० देखि ६५ वर्षको उमेरपछि पुरुषहरूको शरीरमा पनि यो समस्या देखा पर्न थाल्छ। यो रोग लाग्नुमा हर्मोनबाहेक अन्य कारण पनि छन् ।