• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

एमसिसीको विरोध गर्दै राप्रपा सडकमा (फोटोफिचर)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन्। एमसीसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै राप्रपाको भातृ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

सरकारले आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेपनि सत्तारुढ गठबन्धनबीच अन्तिम समयमा सहमति हुन नसक्दा कार्यसुचीमै एमसीसी अटाएको थिएन। अर्को बैठक ६ गते शुक्रबार बस्नेगरी आजको संसद स्थगित भएको छ।