५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी र एम्बाप्पेको कीर्तिमानी गोलमा पिएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई ३–० गोलले पराजित गरेको हो । पाहुना टोली पिएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई तथा लियोनल मेसीले एक गोल गरे ।

खेलको २५ औं एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यसतै ५५ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

यसैबीच मेसीले क्लब फुटबल करिअरमा ७०० गोल गर्न सफल रहे । अर्कोतर्फ एम्बाप्पेले पिएसजीका लागि सर्वाधिक गोलकर्तामा बरबरी गरे । उनले एडिन्सन काभानीको रेकर्ड बराबरी गरेका हुन् । काभानीले ३०१ खेलमा २०० गोल गरेका थिए भने एम्बाप्पेले २४७ खेलमा २०० गोल गर्दै रेकर्ड बराबरी गरे ।

जितसँगै शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६० अंक छ । मार्से भने समान खेलबाट ५२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।