• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मेसी र एम्बाप्पेको कीर्तिमानी गोलमा पिएसजी विजयी



एजेन्सी । फ्रेन्च फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई ३–० गोलले पराजित गरेको हो । पाहुना टोली पिएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई तथा लियोनल मेसीले एक गोल गरे ।

खेलको २५ औं एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यसतै ५५ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

यसैबीच मेसीले क्लब फुटबल करिअरमा ७०० गोल गर्न सफल रहे । अर्कोतर्फ एम्बाप्पेले पिएसजीका लागि सर्वाधिक गोलकर्तामा बरबरी गरे । उनले एडिन्सन काभानीको रेकर्ड बराबरी गरेका हुन् । काभानीले ३०१ खेलमा २०० गोल गरेका थिए भने एम्बाप्पेले २४७ खेलमा २०० गोल गर्दै रेकर्ड बराबरी गरे ।

जितसँगै शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६० अंक छ । मार्से भने समान खेलबाट ५२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।