२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुबटल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना १५ औं स्थानको अल्मेरियासँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा अल्मेरियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २४ औं मिनेटमा एल बिलाल टोरेले गरे । लूईस अल्बेर्टो स्वारेजको पासमा टोरेले गोल गरेका हुन् । स्वारेजले लङ रेन्जबाट पास उपलब्ध गरेका थिए । मार्कमा रहेका टोरेले डि–बक्सभिज्ञ बल अगाडि बढाउँदै सशक्त प्रहार गरे ।

खेलमा पकड जमाएपनि बार्सिलोनाले जित निकाल्न भने सकेन । यो नतिजासँगै २३ खेलबाट ५९ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा यथावत छ । यता अल्मेरिया भने समान खेलबाट २५ अंसहित १५ औं स्थानमा छ ।