२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँतको पनि हुन्छ पत्थरी, कारण यस्तो !



अ+ अ-

काठमाडौं । मृर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ । 

मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ । 

कारण र लक्षण : मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्याल्सियम फस्फोट जम्दा यसो हुन्छ ।

मुखमा पत्थरी हुँदा –यालको प्रवाह बन्द हुन्छ । अनि दाह्रा र काननजिक सुन्निने, खाना खाँदा समस्या हुने र दाह्रा दुख्ने हुन थाल्छ । 

मुखमा पत्थरी हुँदा मुखको क्यान्सर र मानसिक रोगको खतरा बढ्छ । उपचार गराएपछि पनि व्यक्तिले भोजन गर्दा हुने पीडालाई बिर्सन सक्दैन । त्यसलाई मील टाइम सिन्ड्रोम भनिन्छ । 

उपचार : पानी कम पिउँदा र नचपाइकन खाना खाने मानिसलाई यो रोग हुनसक्छ । यस रोगबाट बच्न धेरै पानी पिउनुस् र खाना सधैं चपाएर खानुस् । 

एक्सरे र सीटी स्क्यानबाट यो रोग पत्ता लाग्छ । ग्रन्थिभित्र पत्थरी हुँदा अपरेसन गरेर निकाल्न सकिन्छ । 

मुख सुन्निएको, पीडा भएको र –याल ननिस्किएको अवस्थामा तत्कालै चिकित्सकलाई देखाउनुस् । पत्थरी धेरै बढेको रहेनछ भने तपाईं क्यान्सरको खतराबाट बच्न सकिन्छ ।