२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँतको पनि हुन्छ पत्थरी, कारण यस्तो !



अ+ अ-

काठमाडौं । मृर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ । 

मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ । 

कारण र लक्षण : मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्याल्सियम फस्फोट जम्दा यसो हुन्छ ।

मुखमा पत्थरी हुँदा –यालको प्रवाह बन्द हुन्छ । अनि दाह्रा र काननजिक सुन्निने, खाना खाँदा समस्या हुने र दाह्रा दुख्ने हुन थाल्छ । 

मुखमा पत्थरी हुँदा मुखको क्यान्सर र मानसिक रोगको खतरा बढ्छ । उपचार गराएपछि पनि व्यक्तिले भोजन गर्दा हुने पीडालाई बिर्सन सक्दैन । त्यसलाई मील टाइम सिन्ड्रोम भनिन्छ । 

उपचार : पानी कम पिउँदा र नचपाइकन खाना खाने मानिसलाई यो रोग हुनसक्छ । यस रोगबाट बच्न धेरै पानी पिउनुस् र खाना सधैं चपाएर खानुस् । 

एक्सरे र सीटी स्क्यानबाट यो रोग पत्ता लाग्छ । ग्रन्थिभित्र पत्थरी हुँदा अपरेसन गरेर निकाल्न सकिन्छ । 

मुख सुन्निएको, पीडा भएको र –याल ननिस्किएको अवस्थामा तत्कालै चिकित्सकलाई देखाउनुस् । पत्थरी धेरै बढेको रहेनछ भने तपाईं क्यान्सरको खतराबाट बच्न सकिन्छ । 




भर्खरै