२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

“सुनाखरी”

“सुनाखरी”
अ अ+ अ-

कोपिला होस् वा फक्रेको फूल, मोहित नहुने को होला र ! सुगन्ध र सुन्दरता यी दुवै गुण भएको फूलले भ्रमरा मात्र होइन, मानिसलाई समेत लठ्ठ पार्छ । त्यसैले त फूलका सोखिन मान्छेहरु जति भन्यो त्यति दाम हाल्न तम्सिन्छन् । 

जङ्गली सुनाखरीलाई घर आँगनमा नै संरक्षण गर्न शुरु गरेको अर्को वर्ष भनेको यस वर्ष जुन दिन मैले झुप्पाका झुप्पा फूलेको सुनाखरीको फोटो फेसबुकको पर्खालमा राखेँ, हङ्गकङ्ग निवासी मेरा एकजना मित्र राजकुमार राईले टिप्पणी लेख्नुभयो “ विश्वमा महँगो फूलम पर्छ क्यारे सुनाखरी १७ लाख सम्मको चै प्रदर्शनीमा देखेको छु ।” उहाँको यस टिप्पणीले मलाई चकित बनायो — सामान्य रुपमा जङ्गलको कुनै रुखको ठूटामा भएको बिरुवा आँगनको रुखमा त्यसै बेवास्तापूर्वक अड्काईदिएको वनस्पति मौद्रिक दृष्टिले यति महत्वपूर्ण वर्गको रहेछ भनेर ।

अर्कोतर्फ मित्रको टिप्पणीले मेरो मनमा “मान्छे किन फूलका लागि यस्तरी खर्च गर्न उत्सुक हुन्छन्” भन्ने कुराको कौतुहल जाग्यो । फूलसँगको मानव–साइनोलाई जन्मदेखि नै अवलोकन र अभ्यास गर्दै आएको हो । तर मेरो चेतनाले सामान्य ठानेको यो क्षेत्र बाहिरी दुनियाँले त महिमा मण्डन गर्दै आएको विषय पो रहेछ । 

कोठेबारी, बारीका कान्ला आदिमा सयपत्री, चमेली, सुनकेँवरा आदि फूल फूलेको देखेकै हो । साँझ बिहान आमाले तुलसीको मठमा पूजा गर्दा फूलपाती चढाएको बिर्सेको छैन । वर्ष दिनमा आउने तिहार त झन् फूलको झिलिमिलीको पर्व नै हो । बेलाबखत हाट बजार भर्ने युवाहरुले खासगरी युवतिहरुले चौबन्दीको तुनामा बाँधेको चाँपको फूल, तन्नेरीहरुले सिउरेको सुगन्धमय कटरचम्पाको फूलले उनीहरुको सुन्दरता या जवानी सजाएको उधुम आकर्षक लाग्थ्यो ।

फूल, शायद सृष्टि–कालदेखि नै मानवसभ्यतासँग गाँसिएको हुँदो हो । धार्मिक ग्रन्थहरुमा पनि फूलपातीबाट देवी देवताको पूजाआजा गरेको प्रसङ्ग, मठ–मन्दिरतिर दर्शन गर्न जानेहरुले लैजाने गरेको फूलपाती, मठ–मन्दिरको हातामा फूलपाती बेच्न बसेकाहरुको भीडले पनि फूलसँग मानव–सभ्यताको अभिन्नतालाई सदृश पुष्टि गरेको रहेछ । फगत मैले महत्व नदिएको विषय रहेछ ।

केही समय यता मलाई एकाएक फूल र मान्छेहरुको परिपूरकता अनुभूत हुन थालेको छ । करिब २५ वर्षदेखि मैले सङ्गत गर्दै आएका नामूद पत्रकार आनन्द प्रकाश राईको निवासमा मैले छतभरी गमला राखेर उहाँले थरीथरीका फूल फूलाएको देख्तै आएको हो । यति मात्र कहाँ हो र, एक समयका चर्चित चलचित्र–अभिनेता विश्व बस्नेतसँग मिलेर पत्रकार राईजीले गुलाफका विभिन्न थरी फूल फूलाउँदा मलाई अर्थहिन सोख मात्र लाग्थ्यो । शायद यसमा मलाई कत्ति पनि रस नभएर हुन सक्छ ।

जब आँगनको एउटा ठूटो रुखमा जङ्गलबाट ल्याएको सुनाखरीको बच्चो बिरुवा मकैको घोगा आकारमा रङ्गीबिरङ्गी अनगिन्ती फूलहरुको दृश्यलाभ गर्ने र बास्ना आस्वादन गर्ने अवसर जु¥यो, मन त्यसै त्यसै पुलकित हुन गयो, हात स्वयम् नै मोबाइलको क्यामरामा पुग्यो, खिचिक्क सुनाखरीका झूप्पे फूलको तस्वीर मोबाइल क्यामरामा बन्दी भयो र गयो सामाजिक सञ्जालको पर्खालमा ।

त्यसपछि शुरु भयो मेरा मान्यवरहरुको टिप्पणी र मित्र राजकुमार राइजीको अनुभव पनि । यहाँ अर्को उल्लेख गर्नुपर्ने व्यक्तित्व हुनुहुन्छ, मैले प्रत्यक्ष नभेटेको तर सामाजिक सञ्जालमा भेटिनु हुने आदरणीय हेमा पुलामीज्यू । उहाँले त जङ्गलकै ठूलै रुखको कापमा फूलेको सुनाखरीको तस्वीर खिचेर सार्वजनिक गर्नुभयो । यी सबै व्यावहारिक प्रकार्य चलिरहँदा मलाई फूल र त्यसमाथि सुनाखरी फूलको महत्व, प्रयोग र समाजमा सनातनदेखिको दृष्टिकोण कोट्याउने उत्सुकता जाग्यो ।

कवि, गीत–सङ्गीतकारहरु काव्यमा सुनाखरी फूलाउँदा रहेछन् । सुन्दरीहरु चुल्ठोमा सुनाखरी सजाएर आफ्नो सुन्दरतालाई अप्रतिम र सुगन्धमय बनाउँदा रहेछन् । वैद्यराजहरु सुनाखरीबाट कुनैकुनै रोगका रोगी मानिसलाई निरोगी बनाउने औषधी बनाउँदा रहेछन् । वनस्पतिशास्त्रीहरुले यसको जाति–प्रजातिको बारेमा खोज अनुसन्धान गरेका छन् । तीर्थराज पाण्डे, गङ्गादत्त भट्ट, सुवास खत्री, डा. केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, प्रा.डा.लोकेशरत्न शाक्य, सह प्रा.डा.देबेन्द्रमान बज्राचार्य, कमल मादेन जस्ता स्वनामधन्य वनस्पतिविदहरुले नेपालका विभिन्न ठाउँमा पाइने विभिन्न थरीका जाति–प्रजातिका सुनाखरीको अध्ययन अनुसन्धान गरीसकेको एउटा अनलाइनमा कमल मादेन स्वयमले लेख प्रकाशन गर्नु भएको पाइन्छ ।

देशी–विदेशी वनस्पतिविदहरुको ठूलै पँक्तिले नेपालमा पाइने विभिन्न प्रजातिका सुनाखरीको अध्ययन गरेको रहेछ । भक्तबहादुर रास्कोटी र रीता आलेले अनुसन्धान पश्चात लेखेको लेखमा नेपालमा सन् २०१९ सम्ममा ५०२ प्रजातिका सुनाखरी पाइएको उल्लेख रहेछ भने त्यस पश्चात पाँच प्रजातिका सुनाखरी नेपाली माटोमा पाइएकाले सूचीकृत भएर ५०७ प्रजातिको सुनाखरी पाइने उल्लेख रहेछ । 

विज्ञहरुको लेख पढ्दा सुनाखरी क्यान्सर रोगको औषधिका रुपमा प्रयोग हुने वनस्पतिमा पर्दो रहेछ । नेपालमा पाइने करिब १२० प्रजातिका सुनाखरी विभिन्न रोगको औषधीको कच्चा पदार्थका रुपमा विदेश जाँदो रहेछ । केही हप्ता पहिले नेपालकै कुनै सञ्चारमाध्यममा इलाम क्षेत्रबाट भारततर्फ सुनाखरी चोरी निकासी भएको खबर सार्वजनिक भएको थियो । 

हामीसँग छ, तर हामीलाई थाहा छैन । कस्तुरीसँग सुगन्धमय बिना छ, तर आफ्नै बिनाको सुगन्ध खोज्दै कस्तुरी भौंतारिइरहन्छ । त्यसैगरी हामी सुनाखरी फूल कौडीको मोलमा निकासी गर्छौं र रोग पालेर बस्छौं । कठै मेरो सुनाखरी चेतना !!