५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता (भिडियो)



अ+ अ-

काठमाडौं । ‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । 

सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताउनु भयो ।

उहाँले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गर्नु भयो । अध्यक्ष गहतराजले भन्नु भयो, ‘संविधानको रक्षा गर्ने, धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा हुने र समाजमा विद्यमान सबै खालका विभेदहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने मुख्य उद्देश्यका साथ यो पार्टी निर्वाचन आयोगको दर्ता गरिएको हो । म यस अवसरमा धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।’

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताउनु भयो ।