२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । 

देउवालाई भेट गरेर उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भारतीय राजदूतावासले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिने उनी पहिलो विदेशी राजदूत हुन् । देउवालाई अमेरिका र युरोपेली युनियनले पनि बधाई ज्ञापन गरिसकेको छ ।