२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

राष्ट्रपतिबाट ओलम्पिकमा सहभागी हुने टोलीको बिदाई

राष्ट्रपतिबाट ओलम्पिकमा सहभागी हुने टोलीको बिदाई
अ अ+ अ-

काठमाडौं ।  

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले २३ जुन¸ २०२१ देखि जापानमा आयोजना हुन गइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी¸ प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई बिदाई गर्नुभएको छ । बिहिबार राष्ट्रपति भवन¸ महाराजगञ्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सफलताको शुभकामना दिंदै विदाई गर्नुभयो । 
सो अवसरमा राष्ट्रपतिले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । 
ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नुभयो । राष्ट्रपतिले भन्नुभयो¸ “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र अवसर प्राप्त हुन्छ । यस खेलको अन्तर्राष्ट्रिय जगतले सुक्ष्म अवलोकन तथा विश्‍लेषण गर्ने हुनाले स्थापित नियमहरूको पालना गर्दै अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरूले राष्ट्रको गरिमालाई माथि उठाउन सक्छन् ।” नेपालले खेलकूदका क्षेत्रमा थप प्रगति गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिले आगामी खेलको विकासका लागि दत्तचित्त रहन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनु भयो ।  

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ तथा सचिव  तुलसा थापा¸युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने¸राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल¸ बरिष्ठ खेल अधिकारीका साथै प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको उपस्थिति रहेको थियो ।