५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनपेको “झट्ट ट्रान्सफर चट्ट कार” योजनामा मोरङ्गका कमलले जिते कार



अ+ अ-

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जित्नुभएको छ । उहाँले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल हुनुभएको हो ।

उहाँलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गर्नुभयो । फोनपेले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल हुनुभएको थियो ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थो । फोनपे मार्फत रु १० मा कुनैपनि व्यक्तिको मोबाईल नम्बर उल्लेख गरि रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा गइ सेण्ड मनि गरि फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करणड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।