५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले युक्रेनमा आक्रमण गर्नेमा विश्वस्त



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।

रुस–युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भने, ‘यस क्षणसम्म, म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।’

गत महिनामा भएको ब्रिफिङमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनको युक्रेनका विषयमा लिइने निर्णय लगभग सबैको लागि रहस्यमय थियो यति सम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योलमै भएको सङ्केत मिल्थ्यो।

तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी निश्चित रहेको सङ्केत मिलेको बताएका छन्।

राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताएका छन् ।

‘रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी किभलाई लक्षित गर्नेछन्, बाइडेनले थप टिप्पणी गरे।