६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दै रेमिट्यान्स



अ+ अ-

काठमाडौं । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन।  ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई  बोलाएको छैन। 

कोभिड अघिसम्म बर्सेनि ५ लाख युवा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुग्ने गरेका थिए। कोभिडपछि वैदेशिक रोजगारमा जानेको संख्या घटेर १ लाखमा झरेको छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले औपचारिक क्षेत्रबाट आउन थालेकाले रेमिट्यान्सको परिमाण बढेको बताए। ‘पहिला हुन्डीबाट आउँथ्यो, अहिले बैंकिङ तथा रेमिट कम्पनीबाट आउन थालेको छ,’ उनले भने,‘यसले गर्दा परिमाण बढेको हो।’ 

गन्तव्य देशमा अझै धेरै नेपाली कार्यरत छन्। उनीहरूले थप परिश्रम गरी घरमा पैसा पठाएकाले रेमिट्यान्सको परिमाण बढ्दो देखिएको प्रवक्ता ढकालले बताए। वैदेशिक रोजगार विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड भाइरसबाट वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ७० प्रतिशतले कमी आएको छ। तर, घट्दो कामदारको संख्याको अनुपातमा रेमिट्यान्स नघट्नुको खास कारण भने खुलेको छैन। 

केही वर्षअघि रेमिट्यान्सले ३० प्रतिशतसम्म हिस्सा ओगटेको थियो। अहिले पनि रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी नै हिस्सा ओगटेको छ।  विश्व बैंकले समेत रेमिट्यान्स घट्ने अनुमान गरेको थियो। तर नेपालमा कोभिडपछि रेमिट्यान्स घट्नुको साटो बढ्दो छ। विभागका अनुसार ५५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका छन्। तीमध्ये फर्किनेको संख्या यकिन नभए पनि ठूलो हिस्सा अझै वैदेशिक रोजगारी मै रहेको बिभागको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।