५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता



अ+ अ-

दमौली । चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् । दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो । 

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।” जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

कार्यालयले सोही अवधिमा रु ३० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगबाट रु ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १०० , रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।