६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वभौम संसद्ले नै विकास सहायताबारे निर्णय गर्छ – परराष्ट्र मन्त्रालय



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक पर्छ भन्ने विषयको टुंगो सार्वभौम संसदले मात्रै लगाउन सक्ने प्रस्ट पारेको छ ।

अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।

एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ । 

‘नेपालले सधै स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीति अनुरुप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।