२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा कार्यकारिणी समिति बैठक सम्पन्न, यी हुन् निर्णयहरु (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । 

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताउनुभयो । उहाँले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, “संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ ।”

बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उहाँले बताउनुभयो ।  

प्रवक्ता खतिवडाले भन्नुभयो, “आजको बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ भने पार्टी भित्र आउन सक्ने विभिन्न समस्याहरु, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।”

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।