२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याइने (भिडियोसहित)

कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याइने (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । 

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शिर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो । विवादित विषयहरुलाई पाँच दिनभित्र शिर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – ‘हामी क्रियाशील सदस्यता छानविन समितिले नेताहरुलाई हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ १२ गते । हामीले जुन मापदण्ड बनाएका थियौँ । क्रियाशील सदस्यता छानविन समितिले नेताहरुकै परामर्शबाट हामीहरुले मापदण्ड बनाएका थियौँ र त्यो मापदण्डले हाम्रो समितिमा सहमतीले निर्णय हुन नसकेका विषयहरुलाई केन्द्रीय नेताहरुको तहमा निर्णय गर्ने भनेर हाम्रो मापदण्डमा थियो । हामीले क्रियाशील सदस्यताको छानविनको अधिकांश काम सकिसकेका छौँ । 

केही विषयहरु केन्द्रीय नेतृत्वमा नै, केन्द्रीय नेताहरुको तहमै निर्णय गर्नुपर्ने भनेर हामीले पहिचान पनि गरिसकेका छौँ । त्यो पहिचान गरेका विषयहरु प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय नेताहरुको तहमा हामीले प्रस्तुत गरेका छौँ । आजको छलफल परामर्श पछि केन्द्रीय नेताहरुको तहमा प्रस्तुत गरिएका विषयहरु, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । र उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अगाडी बढ्छन् । अरुपार्टीबाट आएका मानिसको समायोजन गर्ने विषय छन् । ५ दिनभित्र नेताहरुले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका कामहरु अघि बढ्छन् ।’

कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिनुभयो ।