२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

एमाले एकताबारे सुवास नेम्वाङलाई नेपालले पठाए यस्तो सन्देश, के गर्लान ओली ?

एमाले एकताबारे सुवास नेम्वाङलाई नेपालले पठाए यस्तो सन्देश, के गर्लान ओली ?
अ अ+ अ-

काठमाडौं ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबिच छलफल भएको छ । बिहिबार नेता नेपालको निवास कोटेश्वरमा भएको डेढ घण्टा छलफलमा नेता नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेपनि नेता नेपाल भने ठोस जवाफ दिएनन् । 

लामो कुराकानी पार्टी एकताकै बारेमा भयो । कार्यदलको प्रस्तावबारे मैले बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेँ’ नेपालसँगको भेटपछि नेम्वाङले भने, ‘उहाँले पोजेटिभ छु भन्नुभयो ।’

नेम्वाङको आग्रहपछि नेता नेपालले पार्टीमा समस्या आउनुको लामो कारण सुनाए । यसअघि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेपनि बीचमा ओलीले नेपाल पक्षलाई माफी दिने र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि वातावरण बिथोलिएको थियो ।

नेता नेपालले यसअघि प्रतिवेदन बुझ्दै नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् ।