२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाबाट यी ७ जना मन्त्री बन्दै, को-को बन्दैछन् मन्त्री



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्रीसहित जसपा सरकारमा जाने भएको हो ।  

जसपाको स्रोतका अनुसार यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् । उनले मोहम्मद इस्तियाक राइ, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, डा.सुरेन्द्र यादवलाइ पनि मन्त्री बनाउने सुची तयार गरेका हुन् । 

यस्तै अध्यक्ष यादवले महिलाबाट प्रमिला यादव र रेणु यादवमध्ये एक जनालाई मन्त्री बनाउने स्रोतको दावि रहेको छ । 

अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने बुझिएको छ ।