२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको आलोचना गर्दै आएका यी अर्बपतिलाई १८ वर्ष जेल सजाय



अ+ अ-

काठमाडौं । सरकारको आलोचना गर्दै आएका एक जना अर्बपतीलाई १८ वर्षका लागि जेल सजाय तोकेको छ ।  चीनले प्रसिद्ध अर्बपति सन दावूलाई गएको वर्ष २० जना आफन्त तथा व्यापार सहयोगीसहित पक्राउ गरिएको थियो । 

उनलाई विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयमा टिकाटिप्पणी गरेको आरोपमा दोषी पाइएको छ । त्यस्तै सरकारका ग्रामीण नीतिको आलोचना गरेको, गैरकानुनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायमाथि आक्रमण गर्न भिड जम्मा गरेको र सरकारी मजदुरको काममा अवरोध पुर्‍याएको लगायतका आरोप पनि छन् । 

उनलाई ३१ लाख १० हजार युआन जरिबाना तिर्न लगाइएको समाचार संस्था एएफपीले जनाएको छ । ६७ वर्षका सन दावूले उत्तरी हेबेई प्रान्तमा सञ्चालन गरेको कृषि व्यवसाय चीनका ठूला कम्पनीमा पर्छ । कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ । 

अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमध्ये सन पनि रहेका छन् । सन् २०१९ मा फैलिएको फ्लुको सङक्रमणले चीनको कृषि क्षेत्रमा असर पुर्‍याएको थियो । 

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ ।एजेन्सी