२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक निर्दयी बाबु, जसले दुई वर्षको छोरालाई किन गरे यस्तो



अ+ अ-

एक पिताले आफ्नो दुई वर्षे बच्चालाई बेचेर त्यसबाट आएको पैसाले प्रेमिकासँग देशभ्रमण गरेका छन् ।  चिनका ती व्यक्तिले पत्नीसँग पारपाचुके लिएका थिए र बच्चाको स्याहार गर्न सकेका थिएनन् । त्यसपछि उनले सन्तान बेच्ने निर्णय लिए । 

चच्याङ लिगल डेलीले दिएको खबरअनुसार, सी थर भएका यी व्यक्ति जतिखेर पनि पत्नीसँग झगडा गरिरहन्थे । त्यसपछि उनीहरूबीच पारपाचुके भयो । 

उनीहरूका दुई सन्तान छन् । महिलाले छोरी राखिन् अनि पुरुषले छोरा राखे । 

सीले छोरोलाई चांग्सु शहरमा बस्ने एक जोडीलाई बेचिदिएको थियो । उसले लगभग २७ लाख रुपैयाँमा छोरो बेचेको थियो । त्यत्तिका रकम पाएपछि ऊ प्रेमिकासँग देशभ्रमण गर्न हिँडेको थियो । 

बच्चाको कुनै खबर नपाएपछि अनि सीले पनि फोन नउठाएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरीले अनुसन्धान गरी सीलाई पक्राउ गरेको थियो । 

उक्त व्यक्तिले पत्नीसँग मिलेर पहिला पनि दुई छोरीहरू दुई परिवारलाई बेचेको आरोप छ ।