२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

जुडो टोली स्विट्जरल्यान्ड जाने

जुडो टोली स्विट्जरल्यान्ड जाने
अ अ+ अ-

काठमाडौं । आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् ।

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ । 

टोलीको हवाइ टिकट/खान/बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एनआरएनसंग सम्पर्क गरिदिने प्रतिबद्धता जनाउदै तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्यले तालिममा नेपालले लगातार तेश्रोपटक सहभागिता जनाउन लागेको बताउदै ख्याती प्राप्त जुडो प्रशिक्षकले सहभागीलाई तालिम दिने जानकारी गराए ।

दुवै खेलाडीलाई यु–१८ उमेरसमूह अन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।