२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखा नगरपालिकालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  

टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा  हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।  

गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध  छ । रासस