२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कारका मनोनयनमा यी ९ पुस्तक



अ+ अ-

काठमाडौं । मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०७७' को लागि ९ पुस्तक छनौटमा परेका छन् । शुक्रबार गुठीमा २२२ पुस्तक प्राप्त भएको मध्य ९ पुस्तकलाई आयोजक टीमले छनौट गरेको हो । 

उक्त पुस्तकमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहहरु रहेका छन् । गुठीको नियमानुसार अप्रकाशित सामाग्रीहरुकोल बाहुल्य रहेका पुस्तकलाई छनौटको आधार बनाइएको थियो । 

गुठीले छनोट गरेकाका ९ पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रुपमा '२०७७ मदन पुरस्कार' अर्पण गरिने मदन पुरस्कार गुठीले प्रेस विज्ञप्ती मा उल्लेख गरेको छ ।