२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

आर्थिक अनियमितता लगायत विषयमा सामसुम गर्न अध्यक्षको नयाँ रणनीति

आर्थिक अनियमितता लगायत विषयमा सामसुम गर्न अध्यक्षको नयाँ रणनीति
अ अ+ अ-

काठमाडौं । नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अहिले धेरै विवादमा छन् । त्यसो  त अल्मुताइरी  नेपालको प्रशिक्षक भए यता थुप्रै विवाद भए । परम्परागत रूपमा अनुमान गरिए भन्दा फरक टोली बनाए पछि उनको चर्चा सुरु भएको थियो ।

यसै आलोचनाको बिच विश्वकप छनोट चरणमा अल्मुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरे पछि नेपाली फुटबलका समर्थकको मनमा बस्न उनी सफल भएका थिए । तीनै प्रशिक्षक अहिले सञ्चारकर्मीसँगको विवाद र एन्फा वरिष्ठ उपाध्यक्षसँगको विवाद मात्र होइन सामाजिक सञ्जालमा अत्याधीक सक्रियताको साथमा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका छन् ।

प्रशिक्षक अल्मुताइरीले यस भन्दा अघिका खेलाडी, प्रशिक्षक र अधिकारी विदेश घुम्नकै लागि मात्र जाने गरेको आरोप सहितको अभिव्यक्ति दिए पछि उनको आलोचना सुरु भएको थियो । श्रोतकै अनुसार टिमको साथमा जाने मेनेजर र सञ्चारकर्मी लगायत सम्पूर्ण व्यक्ति आफ्नो  अनुकलन हुनुपर्छ भन्ने कुरामा प्रशिक्षक अल्माइरीको रुचि हुन थालेको थियो । 
यसमा एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बाङको असहमति पछि विवादले नयाँ रूप लिएको हो । एन्फा निकट श्रोतले दिएको  जानकारी अनुसार  यी दुई को व्यक्तिगत भनाभन या देखिने गरी मनमुटाब देखिँदैन । एकाएक प्रशिक्षक अल्मुताइरीले फेसबुक स्ट्टासमा राखेका छन्  । 

यो मात्र होइन, जब यो विवाद प्रशिक्षक अल्मुताइरीले  सामाजिक सञ्जाल मार्फत छरपस्ट  गरे सोही समय देखि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा अल्माइरीको एकोहरो सम्पर्कमा रहेका छन् भने वरिष्ठ  उपाध्यक्ष नेम्बागसग सम्पर्क गरेर विवाद समाधान गर्ने रुचि देखाएका छैनन्  । शुक्रवार एकै पटक यसै विषयलाई एजेन्डा बनाउँदै बैठक भने डाकेका छन् । 

झट्ट हेर्दा यो विवाद वर्तमान समयको देखिए पनि विगत  केही वर्ष यता  देखिको एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष नेम्बांग बिचको व्यक्तिगत टकराबमा अध्यक्ष शेर्पाले प्रशिक्षक अल्मुताइरीको मिडिया स्टन्ड गर्ने बानी र उनीमा रहेको कमजोरीको फाइदा उठाउँदै विवाद गराएको घटनाक्रमले लेखाएको छ । अध्यक्ष शेर्पालाई नजिकबाट चिन्नेहरू यसमा एकमत छन् की उनी  आसन्न वैशाख महिनामा हुने महाधीबेशनलाई लक्षित गर्दै प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष  बिच नियतवश विवाद गराएका हुन् । 

यसो भए यिनीहरू बिच कस्तो सम्बन्ध छ रु जसका कारण शेर्पा नेम्बांगका विरुद्धमा भित्री षडयन्त्र गर्ने सोचमा  छन्  । एन्फा भित्रको गुटका बारेमा ध्यान दिऊँ । एन्फामा अहिले चार समूह रहेका छन्  । अध्यक्ष शेर्पा सहितको एउटा समूह छ । महासचिव इन्द्रमान तुलाधरले गत एन्फा निर्वाचनमा  पदीय  बार्गेनिङ गर्दै कर्मा छिरिङ शेर्पाको पक्षमा लागेका थिए । तुलाधर समूहले पूर्व अध्यक्ष नरेन्द्र मान श्रेष्ठको कार्यकालमा श्रेष्ठको  सरल प्रवृत्तिको फाइदा उठाउँदै चलेको र सो कित्ताबाट मणि कुँवर उम्मेदवार हुने  भए पछि सो अवसर नपाउने भएकाले बार्गेनिङ गर्दै शेर्पा कित्तामा पुगेको आरोप कुँवर निकटहरूको  सो समयमा पनि थियो । 

महासचिव तुलाधरको नेतृत्वमा रहेको अर्को बलियो सुमन एन्फामा छ । नेम्बांगको नेतृत्वमा थापा कार्यकालमा भएको  अनियमितताको आरोप उठाउने एउटा समूह छ । पूर्व अध्यक्ष गणेश थापा निकटस्थहरूको प्रभाव पनि एन्फामा छ । एउटा समूहको नेतृत्वलाई विवादमा पुछ्ने र अर्को एक समूहलाई मिलाएर आगामी अधिवेशनलाई सहज बनाउने धुनमा अध्यक्ष अहिले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षका बिचमा विवाद गराउन लागी परेको आरोप धेरेको छ । 

शेर्पा र नेम्बांगको सहकार्य भने यस अघि थापा कार्यकालमा थापाको कार्यशैलीमा असहमति जनाउँदै भएको थियो । यस अघि थापाको विरुद्धमा धेरैले विद्रोह गरे पनि अन्तमा उनीसँग पदीय सम्झौता गरेका थिए । शेर्पा र  नेम्बांग सहकार्यको  विद्रोह भने फरक अवस्थामा रहेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा सेफ ब्लाटर र मोहम्मद बिम हमाम बिचको अवस्था खराब रहेको समयमा नेपालमा पनि त्यसको असर परेको थियो । तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले १० वर्ष प्रतिबन्ध लगाए पछिको दोस्रो निर्वाचनमा शेर्पा विजयी भएका थिए । 

यस बिचमा नेम्बांगले औपचारिक र अनौपचारिक रूपमै थापा कार्यकालमा भन्दा सुधारको अपेक्षा गर्दै शेर्पालाई साथ  दिए पनि त्यसो नभएको कुरा उठाउँदै आएका थिए । 
शेर्पा कार्यकालमा आर्थिक पारदर्शिता नभएको र विधिको शासन नभएको आरोप नेम्बांगले लगाउँदै आएका थिए । कत्तिसम्म भने शेर्पा कार्यकालमा स्वदेशमा तथा विदेशमा भ्रमण गर्दा टिकटको मूल्य बढाएर लिने गरेको समाचार समेत प्रकाशित भए । शेर्पा  कार्यकालमा फुटबलकर्मी  साख गिर्दै गरेको आरोप बारम्बार लाग्ने गरेको थियो । 

सङ्घ नेतृत्वकै रुचि मा भक्तपुर, ललितपुर  र काठमाडौँ लगायत जिल्लामा विवाद बढाएको आरोप लागेको थियो । यत्तिसम्म होइन, सार्वजनिक रूपमा  मधेसीहरू राष्ट्रवादी हुँदैनन्  भन्ने अभिव्यक्ति   समेत एन्फा अध्यक्ष शेर्पाले दिएका थिए । उनी माथि साम्प्रदायिक भड्काऊ ल्याउन खोजेका आरोप  समेत लागेको थियो । 

घरेलु लिगलाई व्यवस्थित बनाउन नसकेको , खेलाडीको सुविधामा ध्यान नदिएको लगायत आरोप शेर्पा माथि लाग्दै आएको थियो । फुटबलको सङ्घको कार्यकाल आगामी वैशाख महिनामा सकिँदै छ । यस बिचमा अल्माइरीको स्वभावगत कमजोरीको फाइदा उठाउँदै नेम्बांग विरुद्ध स्क्यान्डल मच्चाएको फुटबल निकट  श्रोत जनाउँछ । 

आफै पूर्व राष्ट्रिय खेलाडी रहेका गणेश थापाको फेसबुक स्ट्याटसमा लेखिएको छ “ कुवेतमा पहिलो पटक जाने सबैलाई ३० वर्ष देखि  नयाँ देश हेर्न मात्र जाने कम गोल खाने लामो पास मात्र खेल्ने  व्यक्त विचारले हामी राष्ट्रिय टिममा प्राप्त  गरेको सफलता र योगदानको अवमूल्यन भएको महसुस गरेका छौ । ” भलै थापाले जस्तै थुप्रै पूर्व खेलाडीले अल्माइरीको कार्यकालमा गरेको राम्रो प्रदर्शनलाई सम्झिएर उनको यो भनाइ गलत भए पनि बेवास्ता गर्न सकिने जनाउलान् । तर, प्रशिक्षकलाई वरिष्ठ उपाध्यक्षको विरुद्धमा प्रयोग गर्ने उनको यो नीति प्रत्युत्पादक पनि हुन  सक्ने धारणा फुटबल निकट  धेरैको  छ ।