काकतालीका फूलहरू
टिपेर पनि के गर्नु
जताततै बेहोस
परागका सुगन्धहरू
म खोज्दै छु
आफैले आफू हुनुको यथार्थलाई ।
तिमीलाई विश्वास गर्दा
झुटको घुम्टो ओढायौ
प्रेमको जलपभित्र
भुमरीको जन्ती भएर आयौ ।
अब शकुनिको कुटिलताले
विषवमन गरिसक्यो
हिजोआज आफै आफूसित
कसाई भएकी छु ।