२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

छाउन थाले तीजका भाका

छाउन थाले तीजका भाका
अ अ+ अ-

बागलुङ । क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।

युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक/कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ । कमाइ गर्ने बाटो नै त्यही भएको छ ।  

तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो । असार लाग्दा नलाग्दै तीज गीतले युट्युबमा प्रवेश पाए । अहिले युट्युब हेर्दा लाग्छ, तीज त दैलोमा आइसक्यो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । सङ्गीतप्रेमी स्रोता÷दर्शक तीज गीततिर डोरिएका छन् । कोरोना महामारीले सिर्जित विषम स्थितिसमेत कतिपय तीज गीतको भावभूमिका रुपमा प्रकट भएको छ । बर्खाको बाढीपहिराबीच माइत हिँडेकी चेलीको बेदना पनि गीतमा मुखरित छ–

गायक विष्णु खत्री र गायिका रिना केसीको तीज गीत ‘मुग्लिन’मा प्यारा भन्छन्–

‘रातभरि झरी, जाउली के गरी जोखिम छ बाटोमा
भनेकै हुम् नी, तिहारमा जाउली तीजको साटोमा

बट्यौली बजार नपुग्दै मुग्लिन
पियारी माइत, पुग्लिन कि नपुग्लिन..’

प्यारीले जवाफ फर्काउँछिन्–

‘माइतमा जानी बाटैमा ठूलो छ पहिरो खसेको 
डोजरले कहिले पन्छाउँछ बाटो कुरेरै बसेको
बागलुङैबाट नारायणघाटैमा
यता न उता भाकी छु बाटैमा…’
।
गायक खत्रीको शब्द र सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियोमा ओवी रायमाझी र सारिका केसीको अभिनय छ । 

‘जेठो जर्नेल, माइलो कर्नेल
हा बरै कान्छो चौतारीमा, सानीमाया
घुन पुत्ला नलागोस् हा बरै तिम्रो दौँतरीमा, सानीमाया’

तीजका अवसरमा सार्वजनिक रत्यौली भाकाको गीत ‘सानीमाया’ मा एउटी आमाले आफ्ना सन्नतिलाई दिएको प्रेममय आशिर्वचन हो यो । एक साताअघि ‘वसन्त थापा’ युट्युब च्यानबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म २० लाखभन्दा बढी पटक हेरिएको छ ।

गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीको छ ।

केटा पक्षको शब्द भने गायक थापाले लेख्नुभएको हो । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।

झर्रो भाका, गायन र शब्दका कारण गीतलाई छोटो समयमै अत्यधिक स्रोता/दर्शकले रुचाएका हुन् । गीतमा आमा, छोरा र बुहारीको सम्वाद छ ।

दुई वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट सफलता पाउनुभएका गायक दुर्गेश थापा यसपालि ‘ख्यास्स पुतली’ गीतबाट चर्चामा हुनुहुन्छ । युट्युब ट्रेन्डिङको दोस्रो स्थानसम्म उक्लेको उक्त गीतले एक सातामै दश लाखबढी भ्यूज बटुलेको छ ।
 
गायक खत्री र थापा द्वय बागलुङमा जन्मेर सङ्गीत कर्ममार्फत देशमा चिनिएका प्रतिभा हुन् । तीजका अलवा र दशैँ, तिहार जस्ता पर्वका छेकोमा पनि उनीहरु नयाँनयाँ गीत लिएर स्रोता/दर्शकमाझ आउँछन् ।

नेपाली लोक गायनमा प्रसिद्ध कलाकार पशुपति शर्माको तीज गीत ‘हैन र माया’लाई पनि युट्युबमा रुचाइएको छ । गत असार २३ गते ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ । गीतको म्युजिक भिडियोले हालसम्म झण्डै १८ लाख भ्यूज पाएको छ । गीतमा गायक शर्मा र गायिका सम्झना भण्डारीको स्वर छ ।  

‘माइत आयौ दिदीबहिनी मनका कुरा साटन
भिनाजू र ज्वाइँसाबको कुरा काटन…’

तीन साताअघि सार्वजनिक ‘कुरा काटन’ बोलको तीज गीत पनि युट्युबमा ‘हिट’ छ । गीतको म्यूजिक भिडियोलाई हालसम्म ३८ लाखबढी पटक हेरिएको छ । गीतमा खुमन अधिकारी, गायिका देवी घर्ती, शान्तिश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला विसी, जुना श्रीस, सरीता कार्की र सुनिता बुढा क्षत्रीको स्वर छ ।

यस गीतमा एकैसाथ धेरै कलाकारको प्रतिभा हेर्न÷सुन्न पाइन्छ । अभिनयमा पनि दर्जनबढी संलग्न छन् । ‘घन्किदे मादलु’, ‘मेरो माया बसेको गाउँमा’, ‘चाँदी बटन’, ‘नक्कली कान्छी’, ‘यो राता गाला’, ‘पारी वन हरियो’, ‘बुहारी’लगायतका तीज गीत अहिले डिजिटल बजारमा चल्तीमा छन् ।

तीजको मौसमी सङ्गीत बजार अहिले गर्माएको छ । युट्युबमा भ्यूज बढाउने प्रतिस्पर्धा छ । पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् । केही वर्षअघि आएका ‘डाढे बिरालो’, ‘छोटो मिनिस्कट’ जस्ता गीतले तीज गीतको सौन्दर्य मासेको आरोप लागेको थियो ।
 
कलाहीन र उट्पट्याङ गीतले तीजको मौलिकता र मर्मलाई आत्मसाथ नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको विधान खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाईसमेत तीज गीतमा उठान गरिएको पाइन्छ । त्यस्ता गीतले युट्युबमा छिटो भ्यूज पाएपनि संस्कृतिको उत्थान र जगेर्नामा कम स्थान पाउने पक्का छ ।

धेरै भ्यूज बुटेलर छिटो पैसा आर्जन गर्ने नाउँमा पनि कलाकार त्यसपट्टि प्रेरित भएका हुन सक्छन् । भ्यूज, लाइक र कमेन्टका आधारमा सर्जक÷कलाकारलाई युट्युबबाट पैसा आउँछ । पछिल्लो समय मेला÷महोत्सवसमेत कोरोना महामारीका कारण प्रभावित बनेपछि कलाकार युट्युबकै भरमा छन् ।

राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकारहरु बताउँछन् । गीतको बलमा जतिधेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रकर्ड रहने गर्छ । 

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तराष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । 

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्यूज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ । 
– रामबहादुर थापा