२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विघटित कार्यदल सदस्यहरुको बैठक निष्कर्षबिनै सकियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन । 

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन । “पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ ।” बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भन्नु भयो, “अव ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।” उहाँले १० बूँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पार्नु भयो ।

नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताउनु भयो । उहाँले भन्नु भयो,“हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह पार्टीको स्थायी समिति बैठक बोलाउनु भएको छ । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ । नेपाल पक्षले पार्टी भित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बूँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।