२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

केलेबलाई विश्व कीर्तिमान सहित स्वर्ण



अ+ अ-

काठमाडौं । जापानमा जारी ओलम्पिक खेलकुदको पौडी स्पर्धाको मिश्रित मेड्लीमा बेलायतले विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेको छ । सो स्पर्धामा चीनले रजत तथा अस्ट्रेलियाले कास्य पदक पाए । 

महिला २०० मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण,क्यानडाका केली मासले रजत तथा अस्ट्रेलियाकै एबेली सिबोमले कांस्य पदक जिते । १०० मिटर बटरफ्लाइमा केलेब ड्रेसेलले आफ्नै नाममा रहेको पुरानो विश्व कीर्तिमानलाई भङ्ग गर्दै स्वर्ण पदक जिते । सो स्पर्धामा हंगेरीका क्रिस्टोफर मिलाकले रजत तथा स्वीजरल्यान्डका नोइ पोन्टीले कांस्य पदक जिते । केलेबेको यो दोस्रो व्यक्तिगत तथा कुल तेस्रो स्वर्ण पदक हो । 

महिला ८०० मिटर फ्रिस्टाइलमा अमेरिकी केटी लेडेकीले स्वर्ण, अस्ट्रेलियाकी एरियन टिटमसले रजत तथा इटालीकी सिमोन क्वाड्रीयलाले कांस्य पदक जिते । 

पौडीको यी पदकसँगै अमेरिकाले स्वर्ण पदकको दुरीलाई छोट्टाएको छ । तर, यो दुरी बेलुका टेबल टेनिस, ब्याडमिन्टन, भारोत्तोलन र  ट्रायपलनको पदकसँगै चीनले लम्ब्याउने सम्भावना प्रबल बनेको छ ।

अहिले चीनको १९, जापानको १७ तथा अमेरिकाको १६ स्वर्ण पदक छ ।