२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको सम्पर्कमा आइन् सांसद विमला ओली



अ+ अ-

बुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली अन्ततः माओवादी केन्द्रको सम्पर्कमा आएकी छन् । 

आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । 

घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रले जनाएको छ  । 

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको बताइएको छ । 

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा आएकी थिइन् ।