२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

कोरोना भाइरसः बढ्न थाल्यो सङ्क्रमणदर

कोरोना भाइरसः बढ्न थाल्यो सङ्क्रमणदर
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुनः उकालो लागेको छ । सङ्क्रमणको जोखिम कम हुँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमणदर पनि बढेको हो ।

पछिल्लो चौबीस घण्टामा पिसिआर परीक्षण गरिएका ५७ मध्ये २७ जनामा सङ्क्रमण देखिएको छ । कर्णालीमा कोरोना जोखिम कायमै रहेको र सम्भावित तेस्रो लहरमा सङ्क्रमण उच्चदरमा फैलिन सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले कर्णालीमा पछिल्लो एक महिनायता सङ्क्रमण बढ्दै गएको बताउनुभयो । प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा बढी सङ्क्रमित छन् । “पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा सुर्खेत पुनः aपरेको छ”, उहाँले भन्नुभयो, “निषेधाज्ञा खुकुलो पारिँदा मानिसले स्वास्थ्य मापदण्ड पालनामा चरम बेवास्ता गर्दा सङ्क्रमण बढ्दो छ, कूल परीक्षणको २५ प्रतिशत सङ्क्रमण देखिएको छ ।” सङ्क्रमण बढेसँगै परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ ।

वैशाख महिनाको शुरुआतदेखि तीव्रगतिमा फैलिएको दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण जेठ तेस्रो सातादेखि ओरालो लागेको तर पछिल्लो समय निषेधाज्ञा खुकुलो हुन गई जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही गर्दा सङ¬्क्रमणदर पुनः बढेको बताइएको छ । कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि यहाँका अधिकांश जिल्लाले यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । तर पछिल्लोपटक जारी निषेधाज्ञालाई भने निकै खुकुलो पारिएको छ । स्वास्थ्य निर्देशक डा खड्काले तेस्रो चरणको सङ्क्रमण फैलिन नदिन रोकथाम, उपचारका लागि आवश्यक पूर्वतयारी थालिएको र खोप अभियान पनि सञ्चालन गरिएको जानकारी दिनुभयो । “सुर्खेतमा अक्सिजन सिलिन्डर र कन्सन्टे«टर बैंक स्थापनाका लागि सङ्घीय सरकारले बजेट पठाएको छ, त्यसको छिट्टै स्थापना गर्छौँ”, उहाँले भन्नुभयो, “सुर्खेत र जुम्लामा  अक्सिजन प्लान्ट सञ्चालनमै छ, अब कालिकोट, दैलेख र चौरजहारी अस्पतालमा फिलिङसहितको अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी छ ।” कोरोनोको तेस्रो लहरलाई मध्यनजर गरी सङ्घीय सरकारको सहयोगमा सुर्खेतको मेहेलकुना अस्पताल, मुगु अस्पताल र रुकुम पश्चिममा सघन उपचारकक्ष स्थापना तथा सञ्चालनको तयारी भइरहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली प्रदेशमा एक लाख ६२ हजार ९१० जनामा गरिएको कूल परीक्षणमा ३० हजार बढी सङ्क्रमित भइसकेको जनाएको छ । पिसिआर विधिबाट गरिएको परीक्षणमा २० हजार ३४० तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ हजार ८५० गरी ३० हजार १९० जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये निको भएका २८ हजार १६७, आइसोलेशन तथा अस्पतालहरूमा उपचाररत ६८० रहेका छन् भने ३५२ जनाको मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमा सुर्खेतका सबैभन्दा बढी छन् । सुर्खेतका २०३, सल्यानका ५३, रुकुम पश्चिमका ३४, दैलेखका २४ र जुम्लाका १४ जना रहेका छन् । त्यस्तै कोभिड–१९ कै कारण डोल्पा, कालिकोटका पाँचरपाँच, हुम्लाका चार, जाजरकोट, मुगुका तीनरतीन र प्रदेश बाहिरका चार जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।