२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

किन बस्न सकेन नेकपा (एमाले) को स्थायी कमिटी बैठक ?

किन बस्न सकेन नेकपा (एमाले) को स्थायी कमिटी बैठक ?
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ । 

तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ः०० बजे बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । 

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । “बैठकको शुरुआतमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो”, उहाँले भन्नुभयो, “पार्टी एकताका सन्दर्भमा आज बिहान भएको छलफलका बारेमा मैले अध्यक्ष ओलीलाई जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।”

नेता नेम्वाङले पार्टी एकताबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीका केही साथीहरु जानुभएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो । उहाँका अनुसार बैठक भोलि अपराह्न ३ः०० बजे पुनः बस्नेछ । 

यसैगरी आज बिहान ओली र नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन दृढतापूर्वक लाग्ने सहमति भएको नेता नेम्वाङले जानकारी दिनुभयो ।