२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभाजनको साईत कुर्दे एमाले, ओली र नेपाललाई मनाउन क्रियाशिल नेताहरुको प्रयास निरर्थक



अ+ अ-

काठमाडौ । नेकपा एमाले भित्रको अन्तरकलहका दुई प्रमुख पात्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधबकुुमार नेपाल पछिल्लो राजनीतिक घटना क्रममा आफ्नो बाटोमा स्पष्ट र अडान सहित बसेका छन् । अध्यक्ष ओली महाधिवेशनमा पराजित भएका नेपाललाई अध्यक्ष पद छाड्ने अबस्थामा हुनुहुन्न भने नेता नेपाल महाधिबेशन सम्म कुर्न नसक्ने अबस्थामा हुनुहुन्छ । उहाँले पटक पटक भन्दै आउनु भएको छ ओलीलाई अध्यक्ष मान्दिनँ, कार्यदलले गरेको सहमति पनि मान्दिनँ ।

उता ओलीले पनि आन्दोलन विरोधी र देशद्रोहीको उपमा दिदै नेता नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको स्पष्ट पार्नुभएको छ । ओलीले भन्नुभयो  "वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने त्यस्तालाई एमालेमा कुनै ठाउ छैन ।"  सनिबार नै नेता नेपालले आफ्नो पक्षमा शक्ति प्रर्दशन गर्न तयार पारिएको अखिल फोर्स गठन गर्दे ओली प्रति आगो ओकल्नु भएको छ । उहाँले ओलीलाई षडयन्त्र र जालझेल नगर्न चेतावनी दिदै ओली प्रबृतिका बिरुद्धको बिद्रोह नरोकिने बताउनु भयो ।  

लामो समय सम्म एउटै मोर्चामा सहयात्रा गरेका ओली र नेपाल यतिबेला एक अर्का संग सम्बादमा बस्न समेत ईच्छुक छैनन ।  दुई नेतालाई  बीच सम्बाद गराएर सहमतिको   बाटो खोज्न बल गरिरहनु भएका कार्यदलका सदस्यहरुको प्रयास पनि निरर्थक बनेको छ । कार्यदलले गरेको १० बुदे सहमति प्रति अध्यक्ष ओली सकारात्मक भएपनि नेपालले त्यसलाई पुरै ईन्कार गर्नुभएको छ ।  

जसका कारण कार्यदलका रहेका नेपाल पक्षका नेताहरु यतिबेला नैतिक सकटमा परेका छन् । कार्यदलका एक सदस्यले न्युजपोलार संग भन्नुभयो “ कार्यदलमा बसेर एक खालको सहमतिको प्रस्ताब तयार पारियो , न त्यो प्रस्ताबलाई लत्याएर नेपाललाई कसरी साथ दिनु ।" कार्यदलमा रहेका सदस्य प्रति नेता माधब नेपालले सुरु देखी नै अबिश्वास गर्दे अरु कार्यकर्ता संग उहाँहरुको आलोचना गर्नुभएको थियो ।  

जसका कारण कार्यदलमा रहेका ५ सदस्य सहित संसदमा अनुपस्थित भएका १० सांसदहरुले आफूलाई साथ नदिने कुरामा नेता नेपाल मानसिक रुपमा तयार रहनु भएको ती नेताले जानकारी दिनुभयो । अब कुन दिन कुन बिधिबाट  औपचारिक  रुपमा बिभाजन हुने समय कुरिरहेको नेपाल समूह  ५ दलिय गठबन्धन लाई कलियो बनाउदे ओली र एमाले बिरुद्ध शसक्त रुपमा प्रस्तुत हुने तयारी अबस्थामा रहेको छ ।  नेपाल समूहले पार्टीको केन्द्रीय संगठनको संरचना पनि तयार गरिसकेको छ ।

उता ओली समूह  पनि  माधब नेपाल बिनाको एमाले हुने र फेरी संगठन क्रियाशिल बनाउदै अघि बढ्ने तयारीमा रहेको छ ।  सनिबार साँझ सम्म पनि कार्यदलका सदस्य संगै अन्य केही सांसदहरु अब आफूहरु के गर्ने भन्ने बारेमा छलफलमा जुटेका छन् । मुल पार्टी छाडेर हिड्ने कि फेरी नयाँ संरचना बनाएर संर्घष गर्ने भन्ने अन्योलमा रहेका उनिहरुले जे निर्णय गरेपनि  सामूहिक निर्णय गर्ने त्यो सरप्राईज खालको हुने एक नेताले जानकारी  दिनुभयो ।