२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

बिभाजनको साईत कुर्दे एमाले, ओली र नेपाललाई मनाउन क्रियाशिल नेताहरुको प्रयास निरर्थक

बिभाजनको साईत कुर्दे एमाले, ओली र नेपाललाई मनाउन क्रियाशिल नेताहरुको प्रयास निरर्थक
अ अ+ अ-

काठमाडौ । नेकपा एमाले भित्रको अन्तरकलहका दुई प्रमुख पात्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधबकुुमार नेपाल पछिल्लो राजनीतिक घटना क्रममा आफ्नो बाटोमा स्पष्ट र अडान सहित बसेका छन् । अध्यक्ष ओली महाधिवेशनमा पराजित भएका नेपाललाई अध्यक्ष पद छाड्ने अबस्थामा हुनुहुन्न भने नेता नेपाल महाधिबेशन सम्म कुर्न नसक्ने अबस्थामा हुनुहुन्छ । उहाँले पटक पटक भन्दै आउनु भएको छ ओलीलाई अध्यक्ष मान्दिनँ, कार्यदलले गरेको सहमति पनि मान्दिनँ ।

उता ओलीले पनि आन्दोलन विरोधी र देशद्रोहीको उपमा दिदै नेता नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको स्पष्ट पार्नुभएको छ । ओलीले भन्नुभयो  "वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने त्यस्तालाई एमालेमा कुनै ठाउ छैन ।"  सनिबार नै नेता नेपालले आफ्नो पक्षमा शक्ति प्रर्दशन गर्न तयार पारिएको अखिल फोर्स गठन गर्दे ओली प्रति आगो ओकल्नु भएको छ । उहाँले ओलीलाई षडयन्त्र र जालझेल नगर्न चेतावनी दिदै ओली प्रबृतिका बिरुद्धको बिद्रोह नरोकिने बताउनु भयो ।  

लामो समय सम्म एउटै मोर्चामा सहयात्रा गरेका ओली र नेपाल यतिबेला एक अर्का संग सम्बादमा बस्न समेत ईच्छुक छैनन ।  दुई नेतालाई  बीच सम्बाद गराएर सहमतिको   बाटो खोज्न बल गरिरहनु भएका कार्यदलका सदस्यहरुको प्रयास पनि निरर्थक बनेको छ । कार्यदलले गरेको १० बुदे सहमति प्रति अध्यक्ष ओली सकारात्मक भएपनि नेपालले त्यसलाई पुरै ईन्कार गर्नुभएको छ ।  

जसका कारण कार्यदलका रहेका नेपाल पक्षका नेताहरु यतिबेला नैतिक सकटमा परेका छन् । कार्यदलका एक सदस्यले न्युजपोलार संग भन्नुभयो “ कार्यदलमा बसेर एक खालको सहमतिको प्रस्ताब तयार पारियो , न त्यो प्रस्ताबलाई लत्याएर नेपाललाई कसरी साथ दिनु ।" कार्यदलमा रहेका सदस्य प्रति नेता माधब नेपालले सुरु देखी नै अबिश्वास गर्दे अरु कार्यकर्ता संग उहाँहरुको आलोचना गर्नुभएको थियो ।  

जसका कारण कार्यदलमा रहेका ५ सदस्य सहित संसदमा अनुपस्थित भएका १० सांसदहरुले आफूलाई साथ नदिने कुरामा नेता नेपाल मानसिक रुपमा तयार रहनु भएको ती नेताले जानकारी दिनुभयो । अब कुन दिन कुन बिधिबाट  औपचारिक  रुपमा बिभाजन हुने समय कुरिरहेको नेपाल समूह  ५ दलिय गठबन्धन लाई कलियो बनाउदे ओली र एमाले बिरुद्ध शसक्त रुपमा प्रस्तुत हुने तयारी अबस्थामा रहेको छ ।  नेपाल समूहले पार्टीको केन्द्रीय संगठनको संरचना पनि तयार गरिसकेको छ ।

उता ओली समूह  पनि  माधब नेपाल बिनाको एमाले हुने र फेरी संगठन क्रियाशिल बनाउदै अघि बढ्ने तयारीमा रहेको छ ।  सनिबार साँझ सम्म पनि कार्यदलका सदस्य संगै अन्य केही सांसदहरु अब आफूहरु के गर्ने भन्ने बारेमा छलफलमा जुटेका छन् । मुल पार्टी छाडेर हिड्ने कि फेरी नयाँ संरचना बनाएर संर्घष गर्ने भन्ने अन्योलमा रहेका उनिहरुले जे निर्णय गरेपनि  सामूहिक निर्णय गर्ने त्यो सरप्राईज खालको हुने एक नेताले जानकारी  दिनुभयो ।