२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

नेपालको ओलीलाई चेतावनी: फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्नु

नेपालको ओलीलाई चेतावनी:  फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्नु
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरी प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो । “यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अव कसैले पनि नगरोस् ।

फेरी फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अव जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।”अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उहाँले भन्नु भयो, “संविधानको संरक्षण भएको छ । संविधानको सही ब्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।”वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नु भयो ।

उहाँले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानवीन गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

वरिष्ठ नेता नेपालले भन्नु भयो, “महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानवीन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।”

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गर्नु भयो ।