१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ १ को प्रदेशसभा (१)मा कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी



अ+ अ-

गल्छी । धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश आचार्यलाई एक हजार २९४ मतले पछि पार्दै विजयी भएका हुन् ।

आज सम्पन्न मतगणनाको परिणाम अनुसार श्रेष्ठले १६ हजार ८३२ मत पाएका छन् भने एमालेका आचार्यले १६ हजार ५३८ मत पाएका छन् ।

धादिङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेकपा एसका राजेन्द्र प्रसाद पाण्डेले अग्रता लिएका छन् ।