२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता यस्ता बदर मत ! मतदाता शिक्षाको कमी कि दलप्रतिको वितृष्णा ?



file
अ+ अ-

बलेवा । सानो मत पत्र, चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेद्वार तथा दलहरुले आ–आफ्नो चिन्हमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।

मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थय स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले पनि घरघर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर, शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेद्वारहरुप्रतिको बितृष्ण । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छ वटा चुनाव चिन्ह छन् । मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदा–हुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिन्हमा छाप लगाएका छन् । यस्तो बदर मतको सङ्ख्या गन्ने हो भने उल्लेख्य छ । मत पत्रमा रहेका कुनैपनि चिन्हमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरुले नो भोटको स्वरुपमा मत बदर गराइरहेको देखिँदैछ ।

। केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाइ छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार १२३ मत गणना हुँदा ४५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

‘‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’’, मत गणनामा सहभागी एक कर्मचारीले भने ‘‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिन्हमा छाप लगाइएको पनि छ’’ दलहरु तथा उम्मेद्वारहरुप्रतिको बितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा ‘क’मा १५ हजार ९०३ मत गणना हुँदा ३५२ र प्रदेशसभा ‘ख’मा १५ हजार १६५ मत गणना हुँदा ३९१ मत बदर भएका छन् ।

‘‘बृद्धबृद्धा र अशक्तहरुका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो’, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य खगेन्द्र पौडेलले भन्नुभयो ‘‘सबै चिन्हमा लगाउने, खाली मत खसाल्ने गतिबिधि नजानेर भन्दा जानेरै गरेको हुनुपर्छ ।’’

दलहरुले बदर मत, बिगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको बितृष्णा किन उत्पन्न भैरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिष रायमाझी बताउनुहुन्छ ।
‘‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौँ भनेर गएँ तर सबैमा लगाइदिएँ’’, बागलुङ नगरपालिका–२ का एक मतदाताले भने ‘‘निर्वाचन हारजीतको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, नत उनीहरु चुनाव जितेर गएपछि जनताका दुःख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागने ।’’

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपथ्र्याे त्यसैले भुलबस या नजानेर पनि मत बदर हुने सम्भवान धेरै थियो । तर अहिले त्यस्तो छैन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिन्हहरु । तर पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन् । त्यसैले आगामी निर्वाचनहरुमा सम्बद्ध व्यक्ति र निकायले यस विषयमा सोचविरचार गर्नुपर्ने देखिन्छ ।