९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी



अ+ अ-

जुम्ला । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो ।

पछाईले सात हजार आठ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।