२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

अहिलेको सरकारले खान समेत दिएन, प्रतिवाद गर्छौ : एमाले अध्यक्ष ओली

अहिलेको सरकारले खान समेत दिएन, प्रतिवाद गर्छौ : एमाले अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ । 

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताउनु भएको हो ।

तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारलाई दमन नगर्न खवरदारी समेत गर्नु भयो ।

“यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं ।” अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भन्नु भयो, “प्रतिवाद गर्छौ र आवश्यक पर्यो भने प्रतिरोध पनि ।” उहाँले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गर्नु भयो । 

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताउनु भयो । उहाँले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाउनु भयो ।

“पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पुर्याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।” अध्यक्ष ओलीले आक्रोशित हुँदै भन्नु भयो, “यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।”

अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गर्नु भयो  । उहाँले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो ।