२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

क्यान्सर सहयोग समूहबाट क्यान्सर पीडित वालिकालाई सहयोग

क्यान्सर सहयोग समूहबाट क्यान्सर पीडित वालिकालाई सहयोग
अ अ+ अ-

भक्तपुर । नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रक्त क्यान्सर पीडित दोलखाकी ८ वर्षिया वालिका अंशु श्रेष्ठलाई उपचारको लागि १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुकी संयोजक स्वरुपा श्रेष्ठले भक्तपुर अस्पतालमै पुगेर ती वालिकाको अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरेकी छिन् ।

नेपाल क्यान्सर सहयोग समुहबाट १० हजार तथा उपचारका लागि सहयोगी हातहरुबाट ६ हजार गरि १६ हजार रुपैयाँ क्यान्सर पीडित वालिकालाई प्रदान गरिएको हो । 

आर्थिक अभावका कारण क्यान्सरको उपचार गर्न समस्यामा परेका क्यान्सर पीडितहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा निःशुल्क उपचार गर्दै आएको र त्यसका लागि नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले आर्थिक सहयोग गर्दै आएको थियो ।

यसको साथै अन्य अस्पतालमा उपचाररत विपन्न क्यान्सरका विरामीहरुलाई पनि नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको ती दुवै सामाजिक संस्थाकी संयोजक स्वरुपा श्रेष्ठले बताईन । 

उनका अनुसार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा हालसम्म २६ जना त्यस्ता विपन्न विरामीको निशुल्क शल्यक्रिया एवम् उपचार गरिएको छ भने सयभन्दा बढी विपन्न विरामीलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।