२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै हस्पिटलमा तोडफोड

जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै हस्पिटलमा तोडफोड
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा बिरामीका आफन्तहरुले एक हस्पिटलमा तोडफोड गरेका छन् । जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै बिरामीका आफन्तजनले वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड गरेका हुन् । 

बिरामीका आफन्तजनले आइतबार दिउँसो अस्पतालमा तोडफोड गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्। वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया मुटु रोगी रमितादेवीलाई जीवितमै मृत घोषणा गरेको भन्दै अस्पतालको इमरजेन्सी कक्षमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । 

कुटपिटबाट अस्पतालकी नर्स बबिता चौधरी र डा. विजय महतो घाइते भएका छन् । अस्पताल प्रमुख रामराज श्रेष्ठका अनुसार सिसा फुटाउँदा लागेर रौतहटको मौलापुर नगरपालिका ४ की बिरामी २७ वर्षीया सुमिता देवी घाइते भएकी छन्। 

प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० का सुरेश राम, राकेश राम, अक्षय राम र भीम राम रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए। 

अस्पतालको जाहेरीको आधारमा उनीहरूमाथि मुद्दा दायर गरेर कारबाही गर्ने खनालले बताए।