२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनु मलिकलाई इजरायली संगीत चोरीको आरोप



अ+ अ-

काठमाडौं । भारतका चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । 

उनले फिल्म ‘दिलजले’ को एक गीतको संगीत इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

टोकियो ओलम्पिकमा आइतबार इजरायलले दोस्रो स्वर्ण पदक जितेको थियो । उक्त अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो ।

सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनले यस्तो आरोप खेपिसकेका छन् ।